आज साउन १५, खीर खाने दिन घरघरमा खीर तथा मिष्ठान्न सहितका भोजन बन्दै ।।



राधाकृष्ण शर्मा ,
बर्दिवास , महोत्तरी


आज साउन १५, खीर खाने दिन घरघरमा खीर तथा मिष्ठान्न सहितका भोजन बनाएर खाने गरिन्छ । असार १५ मा दही च्यूरा र आँप भोजन गरेर मनाए जस्तै आज साउन १५ गतेका दिन पनि खीर खाएर मनाइन्छ ।

असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका किसान तथा रोपाहारहरुले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

झरीमा भिजेको शरीरलाई उर्जामय राख्न तथा निरोगी बनाउन खीर खाने गरिएको विश्वास गरिन्छ । परमपरा देखि नैे मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजन खाने रित बसेको हो ।

साउन महिनामा खीर खाँदा शुभ हुने भएकाले नेपाल र भारतमा पनि साउन महिनामा खीर खाने मान्यता छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भन्ने परम्परा अनुसार नेपालीहरूले साउने संक्रान्तिमा पनि खीर खाने चलन छ ।

हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा तथा उपासना गर्ने गर्दछन् । साउन महिनामा दुधको परिकारको धेरै नै महत्व हुन्छ । त्यसैले साउने सोमबारका दिन हिन्दु महिलाहरु शिवको उपासना गरी दुध चढाउने गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button