८१ दिनपछि खुल्याे जानकी मन्दिर

३ महिनादेखि बन्द रहेकाे जनकपुरकाे जानकी मन्दिरकाे मुलढाेका सर्वसाधरणका लागी खुला गरिएकाे छ । कोरोना भाइरस काेभिड १९ काे संक्रमणका कारण सरकाले गत चैत्र ११ गतेदेखि लकडाउ गरेपछि जानकी मन्दिरकाे मुलढाेका चैत १५ देखि बन्द गरिएकाे थियाे ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरको पट (मुलढोका) ८१ दिनपछि खुलाइएकाे छ । कोरोनाले विश्वव्यापी महामारीको रुप लिएपछि भक्तजनहरुको भीडभाडले काेराेना संक्रमणकाे कारण देखाउदै जानकी मन्दिरकाे पट बन्द गरिएकाे गरेकाे थियाे ।
काेराेनाकाे संक्रमणलाइ ध्यानमा राख्दै सामािजक दुरी कायम गर्दै जानकी मन्दिरको पट आंशिक रुपमा खुल्ला गर्ने सरकारको निर्णयपछि मन्दिरकाे मुलढाेका खुलेको हो ।
जानकी मन्दिरको मुलढोका खुलेपछि रामजानकी दर्शनका लागि श्रद्धालु भक्तजनहरुको घुंइचाे लागेकाे छ ।
लकडाउनको अवधिमा मन्दिरमा बिहान र बेलुका हुने नियमित पूजापाठ एवम् आरती जारी रहेपनि मन्दिरको मुलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाकाे आदेशमा बन्द गरिएकाे थियो ।
श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको जानकी माताको दर्शनको लागि लामो समयसम्म रोकटोक गर्न नमिल्ने हुनाले व्यवस्थित रुपमा घुंइचाे कम हुनेगरी दर्शनका लागि मन्दिरको पट खोलिएको महन्त रामरोशन दासले जानकारी दिए ।
मन्दिरमा दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाइदिन जनकपुरधाम उपमहानगरपालिकासँग दासले आग्रह गरेका छन् ।