आज ईद पर्व मुस्लिम समुदायहरूले हर्साेउल्लास पुर्व मनाउदै

रमजान सकिएको खुसियालीमा मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउँदै छन् ।
हिजरी संवतको रमदान महीनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महीनाको पहिलो तारिखमा ईद पर्व मनाउने गर्दछन् ।
सरकारले यसअघि आइतबार ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई सच्याएर आज बिदा दिने निर्णय गरेको छ ।
फरक–फरक भूगोलबाट चन्द्रमा अर्थात चाँद फरक दिनमा देखिने भएकाेले देश अनुसार इद पर्व फरक समयमा मनाउने गर्दछन् ।
सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेकाे भोलिपल्ट ईद मुस्लिम समुदायहरूले मनाउने गर्दछन्।
यो पर्वमा अल्लाहका नाममा विशेष नमाज पढ्ने , नयाँ लुगा लगाउने र सेवइ अर्थात गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।
यस पर्वमा मज्जितमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्छन् । तर, यसपटक कोरोनाभाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाइरहेका छन् ।
सरकारले मुस्लिमहरूकाे महान चार्ड इद उल फित्रका अवसरमा साेमबार अर्थात अाज सार्वजनिक विदा दिएकाे छ ।