२५६४ औँ बुद्ध जयन्ती मनाइँदै, आज साँझ घर घरमा दीप प्रज्वलन गर्न सबैलाइ आग्रह



वैशाख शुक्ल पूर्णिमाका दिन बिहिबार देशभर २५६४ औँ बुद्ध जयन्ती  परेकाे छ   । तर यस वर्ष विश्वभर  काेराेना भाइरस काेभिड १९ काे  संक्रमणकाे कारण कुनै पनि अाैपचारिक कार्यक्रम नहुने भएकाे छ । यस वर्ष सबैले आ आफ्नै घरमा भगवान गाैतम बुद्धकाे पुजा गरेर बुद्ध जयन्ती मनाउदै  छन् ।


गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि आजकै दिन अर्थात    वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले  मनाउने गर्दछन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको  बाेधगयामा    वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान बुद्धका रुपमा  भएका थिए  । बुद्धले ३६ वर्षकाे उमेरमा बुद्धत्व प्राप्त गरेपछि पहिलाे पटक  सारनाथमा  पाँचजना शिष्यलाई प्रवचन  दिएका  थिए ।   हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानकाे नवौँ अवतारकाे रूपमा  मान्दै  बुद्धकाे पुजापाठ गर्दछन्   ।

यसैबिच सरकारले आज साँझ बुद्धजयन्तीका अवसरमा  घर-घरमा दीप प्रज्वलन गर्न  देशबासीलाइ  आग्रह  गरेकाे  छ ।

विश्व शान्तिको कामनासहित बुद्ध जयन्तीका आज   साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न  सरकारकाे तर्फबाट  प्रधानमन्त्री केपी शर्मा  ओलीले  आग्रह  गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button