रमजान पर्वमा घरमै बसेर नमाज पढ्न प्रदेश २ सरकारको आग्रह



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् ।


शनिबार बिहान रमजान पर्वको अवसरमा शुभकामना दिँदै राउतले घरमै नमाज पढेर रमजान पर्व मनाउन आग्रह गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्दै
भीडभाड नगर्न सम्पूर्ण इस्लाम आग्रह गरेका छन । उनले यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधायुक्त समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुर्याउने कामना समेत गरेको ।
मुख्यमन्त्रीले जारी गरेको विज्ञप्ती उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button