जोगीरा जोगाउन महोत्तरीको बलवामा जोेगीरा गायन

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
मिथिलांचलमा होलीमा गाइने जोगीरा सररर लोप हुँदै गईरहेको समयमा जोगीरा जोगाउन महोत्तरीको बलवामा अपन सँस्कृति अपन पहिचान, लोकगीत,जोगिरा बचाउ अभियान’ मुल नाराका साथ जोगीरा गाएर होली पर्व मनाइएको छ ।
बलवा नगरपालिका ११ भगवतीपुर ब्राह्मण टोलमा आयोजना गरिएको सो होली महोत्सवमा विभिन्न होलिया समुहहरुले होली गाएर मनोरञ्जन गरेका थिए ।
कार्यक्रमका आयोजक रोशन मिश्रले अहिलेको युवाहरुले मिथिलांचलको अमूल्य गहनाको रुपमा रहेको फागु गीत, जोगीरा लोप हुनबाट बचाउनमा मुख्य भुभिका खेल्नुपर्ने बताए ।