मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीको बिचल्ली



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढेको छ । मङ्गलबारको वर्षाले मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई भने चिल्लिबिल्ली बनाएको छ । तेस्रो दिनको विश्रामका लागि जिल्लाको सीमावर्ती भारतको मधुवनी जिल्लामा पर्ने फूलहरमा रहेका यात्री पानी पर्न थालेपछि आश्रय खोज्दै नजिकको गाउँबस्ती पसेका थिए । पूmलहरमा पोखरी छेउको गिरिजा मन्दिर छेउमा यात्री बस्ने पुरानो परम्परा छ ।
मिथिला माध्यमिकी परिक्रमाका यात्री आज बुधबार यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका छन् । तेस्रो दिनको रात्रिबास छिमेकको भारतमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान) मा गरेका यात्री आज चौथो दिनको रात्रिबासका लागि महोत्तरीको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो । यात्रीलाई मटिहानीको नेपाल–भारत सीमाक्षेत्रमा नगरप्रमुख हरिप्रसाद मण्डलसहितका मटिहानीवासीले स्वागत गरेका छन् ।
यात्रीको बसोबास र खानपिन प्रबन्धका लागि मटिहानी नगरपालिका, महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानी, लक्ष्मीनारायण मठ र अन्य सामाजिक सङ्घसंस्था आवश्यक तयारीमा जुटेका नगरप्रमुख मण्डलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button