सप्तरीमा हुन लागेको मुस्लिम धार्मिक सभा रोक्न गृह मन्त्रालयको निर्देशन



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा मुस्लिम समुदायले तयारी गरेको धार्मिक सभा रोक्न सरकारले निर्देशन दिएको छ ।
गृह मन्त्रालयले आफ्नो मातहतमा रहेको प्रहरी तथा प्रशाशनलाई पत्राचार गरी सर्तबाहेकको सहभागिता रोक्नका लागि निर्देशन दिएको हो ।
उच्च स्रोतका अनुसार मुस्लिम धार्मिक सभामा भारतीय संस्थापनले चासो देखाएपछी नेपाल र भारतका मुस्लिम समुदायको सहभागीता हुने भनिएको धार्मिक सभामा पाकिस्तान लगायतका मुलुकका मुस्लिम समुदायको सहभागीता हुने भएपछि भारतीय संस्थापनले उक्त सभाबारे सरकारसँग चासो राखेको थियो ।
शनिबारदेखि सोमबारसम्म उक्त सभाको तयारी भएको थियो । सप्तरीको बोदे बर्साइन नगरपालिकामा धार्मिक सभाका लागि सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।
सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल समेत बनाइ सकिएको थियो ।


मन्त्रालयको निर्देशन पाए पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सप्तरीसँग जोडिएका भारतीय सीमा नाका समेत प्रहरीले बन्द गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button