छिन्नमस्ता मन्दिरको सौन्दर्यकरण गरीदै



मेरो प्रदेश सम्वाददाता
सप्तरी
छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गर्ने अभियानको शुरुवात भएको छ ।
समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गत बुधबार आयोजित कार्यक्रममा छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गरी पर्यटकीय स्थलको रुपमा बिकासगर्न
‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत करिब रु छ करोड ३० लाख बजेट बिनियोजन गरेपछी सो अभियानको सुरुवात गरीएको हो । बिनियोजित रकमले मन्दिर परिसरमा रहेको पोखरी, धर्मशालालाई सौन्दर्यीकरण गर्न लागिएको जनाइएको छ ।
आगामी १५ महिनाभित्र सम्पन्न गर्ने उदेश्य बोकी काम अगाडि बढाइएको प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button