‘हाम्रो एउटै जाति छ’, ‘त्यो हो नेपाली’ ः पूर्वमन्त्री महासेठ

विजयकुमार साह
ढल्केवर (धनुषा) पूर्वमन्त्री रघुवीर महासेठले राष्ट्रभन्दा समुदाय ठुलो नभएको बताएका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ८ जनमुनिबासमा ‘२८५६ औं सोनाम ल्योछार’ पर्वको अवसरमा आयोजित साँस्कृति कार्यक्रममा पूर्वमन्त्री महासेठले जाति, भाषा, धर्म र भेष सबै समान रुपमा रहेको बताउँदै राष्ट्रभन्दा समुदाय ठूलो नभएको बताएका थिए ।
‘देशमा गणतन्त्र आइसेपछि जुन एकात्मक प्रणाली यियो, ‘त्यो समाप्त भयो’, ‘जुन नेपालमा हिन्दु राज्य थिया’े, ‘त्यो हिन्दुराज्य समाप्त भएर धर्मनिरपेक्ष राष्ट्रको रुपमा अगाडि बढाउने काम यो व्यवस्थाले गरेको छ।’ अब, ‘जति महत्व हिन्दु, मुस्लिम, बौद्धिष्ट, र क्रिस्चियनहरुले पाइरहेको छ’, ‘त्यो सबै समान छ ।’ ‘अहिलेको संविधानले कसैलाई तल माथि राखेको छैन’, ‘यो देशमा १ सय २६ भाषाभाषी समुदाय रहेको तर जाति हाम्रो एउटै छ’, ‘त्यो हो नेपाली’, पूर्वमन्त्री महासेठले भने । उनले तामाङ्गहरुले निर्माण गर्न लागेको गुम्बा निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने बचन बद्धता समेत गरे ।
‘भाषा, सस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गरौं, पहिचान सहितको ल्योछार बिशेष कार्यक्रम सफल पारौं नारा दिएर आयोजाना गरिएको ‘२८५६ सोनाम ल्होछार साँस्कृति कार्यक्रम राष्ट्रियस्तरका ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।
गायक–संगीतकार सन्देश तामाङ्ग, चर्चित गायिका इन्दिरा योञ्जन, नृत्कार–मोडेल विनिशा तामाङ्गलगायतका राष्ट्रियस्तरका कलाकारले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
शितल गुम्बा जमुनिवासको आयोजनामा आयोजित कार्यक्रममा प्रतिनिधि सभासद जुली महतो, मिनपाका नगरप्रमुख हरिनारायण महतो, उपप्रमुख तारा लामा बस्नेतलगायतका वक्ताहरुले ल्होछार पर्वको शुभकामना प्रदान गरेका थिए भने कार्यक्रम उदघोष दिलिप लामाले गरेका थिए ।