माघ महिनाको पर्व र महत्व

यस महिनामा तीर्थ र पवित्र नदिको जलमा डुबुल्की मार्नाले पापबाट मुक्त भई स्वर्ग प्राप्त हुने बताइएको छ । शास्त्रको अनुसार यस महिनामा पवित्र नदीमा स्नानको साथ गरिबलाई चिसो बाट बँच्न कपडा, कम्बल, आगो ताप्न दाउरा दान गर्नाले अनन्त पुण्य फल प्राप्त हुने विश्वास रहेका छ ।
माघ महिनाको पर्व र महत्व
संकष्ठी चतुर्थी–संकष्ठी चतुर्थीको पुजा गर्दा सन्तान प्राप्त हुने र सन्तानको चिन्ता दुर हुनेछ ।
क्षठतिला एकादशी–यसका पुजा गर्दा तिलको विशेष प्रयोग गरेर स्वास्थ र समृद्धि प्राप्त हुन्छ ।
मौनी अमावस्या –यस दिनमा मौन रहेर पाप नाश भई आत्माको शुद्धिको समेत साधना गर्ने गरिन्छ ।
वसन्त पंचमी–यस दिन ज्ञान र विद्या बृद्धिको लागी सरस्वतीको उपासना गरिन्छ ।
जया एकादशी–यस दिनको विशेष प्रयोग गर्नाले ऋण तथा दोषबाट मुक्ति दिन्छ ।
माघी पूर्णिमा–यस दिन शिव र विष्णुको सयुक्त रुपमा आर्शीवाद मिल्दछ ।
माघ महिनामा खानपान र जीवनचर्यामा परिवर्तन गर्नुपर्छ ।
तातो पानीको प्रयोग छोडेर विस्तारै सामान्य पानीबाट स्नान शुरु गर्नुपर्छ ।
विहान ढिला उठेर स्नान गर्नु स्वास्थको लागी राम्रो हुदैन ।
यस महिनामा धेरै भोजन छोडेर थोरैमात्रै गर्नुपर्छ ।
यस महिनामा तिल र गुडको प्रयो निकै प्रभावकारी हुन्छ ।
यो महिनामा एक पटक मात्र भोजन गर्दा आरोग्य र एकाग्रता प्राप्ति हुन्छ ।
माघ महिनामा सुख, शान्ती र समृद्धिको लागी के गर्ने
दैनिक बिहानः भगवान् कृष्णलाई पहेलो फुल र पंचामृत चढाए पछि ‘मधुराष्टक’ को पाठ गर्ने
साभार रिपोरटस नेपाल