अनाैठाे मन्दिर जहाँ देवतालाइ चाउचाउ चढ्छ



मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ । उक्त मन्दिरलाई चाइनिज काली मन्दिर भनिन्छ । उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँदछन् । रोचक त के भने काली मातालाई प्रसादको रुपमा भक्तजनले चाउचाउ चढाउँछन् । पश्चिम बंगालको टेंगरा इलाकामा उक्त मन्दिर छ ।


किम्वदन्ती अनुसार ६० वर्ष पहिले त्यहाँ कुनै भक्तले दुईवटा काला पत्थरमा सिन्दुर लगाएर रुखको फेँदमा राखेर त्यसको पूजा गरेका थिए । सोही ठाउँमा पछि मन्दिर बनाइयो । उक्त मन्दिरको परिसरमा हातले तयार गरिएका कागजहरु जलाइन्छ । यसो गर्दा प्रेतात्माहरु टाढा भाग्ने आम जनविश्वास छ । उक्त चाइनिज काली माताको मन्दिर भएको क्षेत्रलाई ‘चाइना टाउन’ पनि भनिन्छ । -एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button