तोल ल्होसार मनाइदैं




सबैभन्दा पुरानो ल्होसारको रुपमा तोल ल्होसारलाइ लिइन्छ,तोलको अर्थ समयचक्र हो,त्यसैले यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ ।
नेपालका हिमाली जिल्लाहरु डोल्पा, मुगु, मनाङ्ग, हुम्ला, जुम्ला, र तिब्बत तथा भुटानका वा भुटानी मूल भएर नेपालमा बसोबास गर्ने मानिसहरुले प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाको दिनमा रमाईलो गरि धुमधामका यो पर्व मनाउने गर्दछन् । सोनाम ल्होसार मनाए जसरी मनाइने यो पर्वमा दिन मात्रै फरक रहेको छ ।

 

ल्होसारको दुईवटा शब्द लो’ र ‘सार’ मिलेर बनेको ल्होसारको अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व लाई नयाँ बर्षको आगमनको रुपमा मनाउने गर्दछन् ।

 

आजको दिन यस पर्व मनाउने समुदायले घर आँगन लिपपोत गरी सफा सुग्गर गरेर शुद्ध बनाइन्छ । घरका सबै सदस्यहरु नुहाएर शुद्ध भइ लामा वा घरको मुल व्यक्तिबाट पुजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको जय र भुत प्रेतको पराजय को कामना गरिन्छ । पूजा समाप्तिको अन्तमा अग्रज तथा मान्यजनबाट आशिर्वाद लिँदै फुरौला,बाबरी रोटी, कन्दमुल जस्ता खाने कुरा खाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button