धर्मगुरु जैश ‘सेरे नेपाल’को निधन



मेरो प्रदेश सम्वाददाता
मुस्लिम समुदायका चर्चित धर्मगुरु मौलना, मुफ्ती, कारी जैश मोहम्मदको सोमवार राती निधन भएको छ ।
जनकपुरधाम उपहानगरपालिका लोहना घर भएका धर्मगुरु मोहम्मदको ८५ वर्षको उमेरमा निधन भएको उनको स्वकीय सचिव साजिद अहमद मियाले बताए ।
मुफ्ती सउदी अरबबाट नेपाल फर्किने क्रममा बिरामी परेका मोहमदलाई मृगैला सम्बन्धी रोग देखिएपछि उनलाई उपचारको लागि मुम्बईको एक अस्पतालमा भर्ना गरीएको थियो उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मोहमदलाई एम्बुलेन्स बाट नेपाल ल्याउने क्रममा भारतको लखनउमा निधन भएको हो ।


मोहमद नेपालमा मात्र नभई भारत, वंगलादेश, मिस्रसहितका बिभिन्न देशमा प्रसिद्ध थिए ।
धर्मगुरु मोहमदकोे जनकपुरधामको लोहना शरीफमा बुधबार दिउँसो २ बजे मुस्लिम धर्म अनुसार अन्तिम संस्कार गरिने साजिद अहमद मियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button