महोत्तरीको विभिन्न स्थानमा पैगम्बरको जन्मदिन मनाइयो



प्रदेश संबाददाता
कार्तिक २४
मुस्लिम धर्मालम्वीले आइतबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैव सल्लामको हिजरी सम्वत १४४१ औं जन्मजयन्ती महोत्तरीको विभिन्न स्थामा धुमधामका साथ मनाएका छन् । मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा महोत्तरीको भङ्गहा नगरपालिका वडा नं. ६ हातिसर्वाका मुस्लिम समुदायले ¥याली निकालेर मनाएका छन् । हातिसर्वाका मुस्लिमहरुले घर र टोललाई सफासुग्गर बनाएर सजाएका थिए । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअब्बल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झना स्वरुप यस पर्व मुस्लिम धर्मालम्बीले हर्षोल्लासपूर्ण मनाउने मनाउने गर्दछन् । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नात, शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको हातिसर्वा मदरसाका अध्यक्ष कलाम अनसारीले बताए ।
यसैगरी मोहम्मद दिवसको अवसरमा बर्दिबासका इस्लाम धर्मालम्बीहरुले बृहत ¥याली निकालेका छन् । बर्दिबास–१४ मा रहेको मदरसाबाट सयौंको संख्यामा मुस्लिम धर्मालम्बीहरुले ¥याली निकालेका थिए । ¥याली मदरसाबाट सुरु भई बर्दिबासको मुख्यचोकहरुको परिक्रमापछि पुनः मदरसामा एकआपसमा शुभकामना आदान प्रदान गरी समापन गरिएको थियो मोहम्मदको सम्झना गरेर मनाइने यो पर्वमा खाजाको आयोजना गरेर खुवाउने गरिन्छ । मोहम्मद दिवसको अवसरमा प्रदेश नम्बर २ को सरकारले आइतबार सार्वजनिक बिदा समेत दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button