घर दैलोमा छठ पर्व आउँदा बाँसको सामाग्री बनाउन डोम जातीलाई भ्याइनभ्याई

बाबु प्रेम यदुवंसी
महोत्तरी कार्तिक १३
हिन्दुहरुको महान चाँड छठपर्व घर दैलोमा आईपुग्दा बाँसको चोयाबाट बनाएका समाग्रीहरु गाउँ गाउँसम्म पुरर्याउन महोत्तरीको औरही नगरपालिका वडा नम्वर १ का ४५ बर्षिय बिन्दी मल्लि डोमलाई भ्याई नभ्याई भएको छ ।
उनी छठपर्वमा प्रयोग हुने टपरी, डालो, नाङ्लो लगायतको सामग्री बनाउन रात दिन मेहिनत गर्दै आएका छन् । दिनानुदिन छठ पर्व मनाउनेहरुको सख्या बृद्धि हुँदै जाँदा बाँसको चोयाबाट बनाएको ती सामग्रीहरु सबैलाई पुर्याउन सकस भएको औरही १ कै बिन्दी मलिक बताउछन् ‘व्यपार राम्रो भईरहेकोले यसपालि राम्रो आम्दानी हुने आशामा आफ्नो जिवन जे जसोभयो तर छोराछोरीलाई पढाउनका लागि आर्थिक बचत गर्दै आएका छौ उनले भने ।
बंगुर पालन र बाँसको सामग्री बनाएर बजारी करण गर्नुनै मेरो पेशा हो । मलिक परीवारले पुष्तौ पुष्ता देखि यहीँ पेशाबाट पारिवारको गुजरा गर्दै आएको उनको भनाई छ।’ गुठीको जग्गामा घर बाहेक अरु केही नरहेको डोम समुदाय बाँसकै सामग्री बनाएर आफ्ना छोराछोरीलाई गाउँकै जनता प्राथमिक विद्यालमा अध्यापनन गराई रहेका छन ।
एउटा बाँसको अहिले बजारमा दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ । तर मलिकले तैयार पारेका बासको सामग्रीको मुल्य १ हजार देखि १५ सय सम्म पर्ने गरेकोे छ । बनाएका बाँसका समाग्रीहरु बेच्न डोम समुदायले विभिन्न बजार र छुटाछुट्टै गाँउ छुट्टइएको छन, भने बाँसका समाग्रीहरु बेचेर आफुहरुले चाड पर्वको बेला गाँउका साहु महाजनबाट पनि आम्दानी लिने गरेको बताए ।