सिताराम विवाह पञ्चमीको तयारी सुरु



बर्दिवास कार्तिक ३
जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सिताराम विवाह पञ्चमी महोत्सव मनाइदै आएकामा यसवर्ष भने गत वर्ष भन्दा भब्य रुपमा मनाउने तयारी सुरु भएको छ ।
यसैगरी विवाहपञ्चमीको तयारी गर्न शनिवार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दासले सरोकारबालाहरुसँग बृहत छलफल गरेका छन् ।
छलफलका क्रममा उनले प्रत्येक ५ वर्षपछी भारतको आयोध्याबाट आउने जन्ती (बाराती) यसवर्ष आउन लागेको हुनाले गतबर्ष भन्दा योबर्षको बिवाह पञ्चमी भब्य हुने जानकारी दिए । उनका अनुसार जन्ती बनेर करिब ५ देखि ७ सय भारतीय नागरिक बाहेकका विदेशी पर्यटक जनकपुर आउन लागेका छन् ।
भगवान रामको जन्मभुमी अयोध्याबाट यसवर्ष जन्ती आउने भएकाले विवाहपञ्चमी महोत्सव विशेष बनाउन सबै निकायसँग छलफल शुरु गरेको जानकारी दिए । छलफलका क्रममा आवास, खाना, शौचालय, सजावट, जन्तीको स्वागत, शान्ति सुरक्षाका विषयमा छलफल गरीएको रोषण दासको भनाई छ । । महोत्सवलाई भव्य र सभ्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु समेत गठन हुनेछन ।
योवर्ष मंसिर २५ गते विवाहपञ्चमी परेपनी १९ गतेदेखि नै विधिवत रुपमा सुरु हुने र २६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइनेछ । २६ गते अन्तिमदिन रामकलेवा हुन्छ । त्यसअघि मंसिर १९ गते पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन मटकोर र छैठो दिन रामसीता स्वयंवर गरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रोषण दासले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button