प्रहरी चौकिमा राजदेवी मन्दिरको उद्यघाटन



धर्मेन्द्र कुमार यादव
कार्तिक ३ सम्सी
महोत्तरीे सोनमा गाउपालिकामा रहेको प्रहरी चौकिमा शनिवार दिउँसो नव निर्मित राजदेवी मन्दिरको उदघाटन गरिएको छ । प्रहरी चौकी रघुनाथपुरको प्राङनमा निर्माण भएको मन्दिरको उदघाट्न सोनमा गाउपालिका प्रमुख राजकुमार यादव र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले संयुक्त रुपमा गरेका हुन ।
स्थानिय समाजसेवी लालबाबु यादवको आर्थिक सहयोगमा निर्माण भएको राजदेवी मन्दिरको सिलान्यास केही दिन पहिले मात्र गरिएको थियो । कार्यक्रमको विशिष्ट अतिथी प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारीले प्रहरी देखि साधारन जनता सम्म भगवान देखि डराउनु पर्ने हुनाले रघुनाथपुरका जनताले राजदेवी मातालाइ साक्षी राखी मुद्दाको छलफल गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले साझेदारी प्रहरी सम्बान्धी सरकारले नितिी ल्याएको भन्दै आसल समाज बनाउन अपराधिलाइ जरै बाट उखल्नु पर्ने आवश्यकता औल्याए । जनतालाइ प्रहरी संग समन्वय गरि अगाडि बढ्नु पर्ने कुरामा जोड दिदै सभ्य र सुन्दर समाजका लागी प्रहरीले समुदाय संग हालेमालो गरी अगाडी बढनु पर्ने आवश्यकता औल्याए । सोनमा गाउपालिका प्रमुख राजकुमार यादवको विशेष अनुरोधमा सोनमा गाउपालिका भित्र अनुमती प्राप्त गरेका मदिरा पसलहरु राती ८ बजे सम्म मात्र खुला राख्न र दस गज्जा देखि पाच सय मिटर भित्रका मदिरा पसल हटाउने आदेश दिए । उनले सोनमा गाउपालिका लाई चाडै नै मदिरा मुक्त गाउपालिका घोषना गर्न आफुले सधै मेहनत गर्ने प्रस्ट पारे । मन्दिर निर्माणमा लागेको कुल रकम सोही गाउँ निवासी लाल बाबू यादवले दिएको कारन उनलाई प्रशंसा पत्र सहित दान वीर कर्ण को उपाधि समेत गाउपालिका प्रमुख राजकुमार यादवले दिएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक किशोर आचार्य, सोनमा गाउपालिका वाडा नं १ का वाडा अध्यक्ष अशोक कुमार यादव, फुलिन्द्र यादव, प्रमोद यादव, रामबिनय यादव, श्याम यादव, महेस यादव लगायत गाउका समाजसेवी, शिक्षा प्रेमी लगायतको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button