बडा दशैंको सातौं दिन आज फूलपाती,घर, घरमा भित्राईदै



प्रदेश संवाददाता
बर्दिवास असोज १८
बडा दशैंको सातौं दिन फूलपाती, आज देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा भित्रार्एर मनाईदै छ ।
घटस्थापनाका दिनदेखिनै वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा लगायतका सामाग्री फूलपातीका रुपमा भित्रर्याईने गरिन्छ ।
आश्विन शुक्ल सप्तमीका दिन आज गोरखा दरबारबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमलसम्म फुलपाती ल्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, बाजागाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रर्याउने गरिन्छ ।
हनुमानढोका दरबारस्थित दसैँघरमा आज बिहान ११ बजेर २१ मिनेटको शुभ साइतमा फूलपाती भित्रर्याइँदैछ । आज नैनेपाली सेनाको कोतघरमा फूलपाती भित्रर्याइँदैछ ।


नेपाली सेनाले टुँडिखेलमा फूलपातीको बढाइँ गरेपछि दसैँघरमा फूलपाती पर्सने प्रचलन छ । आज विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानीको पूजा गर्ने चलन रहेको छ ।
फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आरधनाका साथ पूजा आजा गर्ने विधि रहेको नेपाल पञ्चाड्ड निर्णायक समितिले जनाएको छ ।
घटस्थापनाका दिनदेखि नै दसैँ सुरु भएपनी दसैँको विशेष चहलपहल भने आजदेखि सुरु हुन्छ । आजदेखि सरकारले सार्बजनिक बिदा दिने भएकाले अध्ययन व्यवसाय र बिभिन्न कामकाजले मूलघरबाट टाढा रहेकाहरु घर फर्कने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button