विश्वकर्मा पुजा तथा बस्तु दिवस आज मनाईदै



प्रदेश संम्वादाता
अशोज १
हरेक वर्ष आश्विन स्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै आएका छन् । कालीगढहरुले आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गरेका हुनाले आज कलकारखाना,उधोग, सबारीसाधन रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिने हुनाले आज मजदुरहरुलाइ बिदा पनि दिने चलन रहिआएको छ । यो दिनमा मानिसहरुले आफनो फलामे औजारहरुको पूजा गर्नाले लामो समय सम्म काम गर्ने जनबिश्वास रहि आएको छ ।


द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रका बीचमा भेद द्वारका बनाइ लुकाएको धार्मिक जनविश्वास रहेको छ । एकै रातमा समुन्द्रका बीचमा भेद द्वारका को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा पनि चिनिने भएकाले त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

उनका अनुसार यसै सम्झनामा नेपालका कालीगढले भव्य रुपमा आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button