घुस लिएको आरोपमा ईलेक्ट्रिकल सुपरभाइजर पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रमा कार्यरत ईलेक्ट्रिकल सुपरभाइजर कैलाश प्रसाद दाहाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले सेवाग्राहीसंग २० हजार रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नयाँ क्षमता वृद्धिको मिटर जडानको लागि राजश्व तिरेर प्रकृया बढाउँदा झञ्झटिलो हुने भन्दै दाहालले काममा आलटाल गरी मिटर जडानका लागि घुस मागेको ऊजुरी परेपछि आयोगको टोलीले दहाललाई पछ्याएको थियो ।
उनलाई सेवाग्राहीसंग घुस लिएको रुपियाँसहित नियन्त्रणमा लिएको र उनको बिषयमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button