अधिकृतलाई ज्यान मार्ने धम्की दिने प्रदेश सांसदलाई कारवाही भएन



सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय समिति अधिकारी राम कुमार महतोलाई गाली गलौज तथा ज्यान मार्ने धम्की दिने प्रदेश सभा सदस्य संजय यादवलाई घटना भएको तिन हप्ता हुनै लाग्दा पनि हालसम्म कुनै कार्वाही भएको छैन ।


अधिकृत महतोलाई प्रदेश सांसद यादवले ज्यान मार्ने धम्की दिएपछी अधिकृत महतो सरुवाको लागि संघीय राजधानीको मन्त्रालय धाइरहेका छन् । क्षेत्र नम्बर ३ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वा्चित यादवले कानुन मिचेर आफ्नोअनुकूल काम गर्न, कमिसन दिन विभिन्न बहानामा प्रमुख प्रशासकीय आधिकृतलाई आतंकित पार्ने गरेका कारण त्यहाँ धेरै जना प्रशासकीय अधिकृत बनेर गए पनि टिक्न नसकेको मेयर कौशलकिशोर यादवले बताए । प्रदेश सांसदकै डरत्रासले गर्दा कर्मचारीले सहज रूपमा कार्यसम्पादन गर्न नसकेको र नगरपालिकाको कामकाज प्रभावित भइरहेको मेयर यादवले बताए । अधिकृत नहुदाँ समाजिक सुरक्षा भत्ता,कर्मचारीको तलब दिने कार्य प्रभावित पनि बनेको मेयर यादवले बताए ।

त्यस्तै सांसद यादवले विभिन्न योजनाको हर हिसाब चाहियोे भनेपछि प्रशासकीय अधिकृतले नगरपालिकामा आएर सबै कागज पत्र हेर्नुस् हिसाबमा बुझनुहुन्छ भनेपछि सांसद यादवले कागजको हिसाब के हेर्नु अर्को हिसाब चाहियो, अप्रत्येक्ष तरिकाबाट सांसदले कमिशन चाहियो भन्दै विभिन्न गाली गलौजको शब्द प्रयोग गरी विभिन्न किसिम्मको धम्की समेत दिएको नगरपालिकाले जनाएको छ । आफुले हर हिसाबको कागज आएर हेर्नु भन्दा तेरो कागज हेरेर हुन्छ भनेर सांसदले भनेका थिए । सासंद यादवले सभा रोक्न पटक पटक दबाब दिएको र आफु नमानेपछि यसअघि पहिला पनि पटक पटक ज्यान मार्ने तथा कुटने धम्की समेत दिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार महतोले बताए ।

यस पटक पनि कार्यालयबाट निस्किइ नभइ तँलाई कार्यालयमा आइ कुटपिट गर्छु भनेपछि आफु कार्यालयमा नगएको अधिकृत महतोले बताए । आफुलाई मार्ने तथा कुटपिट गर्ने धम्कीको आफुसित मोबाइल कल रेकर्ड समेत रहेको अधिकृत महतोले बताए । सांसद यादवबाट धम्की आएपछि आफुले लिखित निवेदन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समिति समेत दिएको अधिकृत महतोले बताए । ‘नगरपालिकामा आफु सुरक्षित नभएकैले सरुवाको लागि काठमाडौंमा पहल गरिरहेको छु, अधिकृत महतोले भने ।

घटनाबारे प्रमुख जिल्ला अधिकारीको धारणा
जिल्ला प्र्शासन कार्यालका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले सुरक्षा समिति मार्फत सुरक्षा गार्ड अधिकृत महतोलाई प्रदान गरिसकेकोले ढुक भएर नगरपालिकामा काम गर्न हुने बताए । घटनाको थप अनुसन्धान भैरहेकोले अन्य थप कुरा केही भन्न नमिलने जिसिले बताए ।

के भन्छन् सर्लाही प्रहरी प्रमुख
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विश्वमणी पोखरेलले जुनसुकै मानिस दोषी पाए कार्वाही हुने बताए । मोहमद अफताब आलम, जेपी गुप्ता, सभामुख कृष्ण बहादुर महरालगायतका व्यक्तिलाई कानुनी कार्वाही भएको छ, प्रदेश सभा सदस्य दोषी पाइए यादवलाई पनि कानुन बमोजिम कार्वाही हुने प्रहरी उपरीक्षक पोखरेलले बताए ।

विभिन्न समयमा सांसद यादवले अधिकृतहरुलाई गरे दर्वव्यवहार तथा कुटपिट
प्रदेश सभा सदस्य यादवले आफ्नो निर्देशन नमानेको भन्दै २०७५ जेठमा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई प्रदेश सांसद यादवल गायतले नगरपालिकामै पुगेर गालीगलौज गर्नुका साथै, ज्यानमार्ने धम्की दिँदै कुटपिट गरेका थिए । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरी त्यो काण्ड मिलाइएको थियो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका श्रीवास्तव यहाँ काम गर्न नसक्ने भन्दै सरुवा गराएर अन्तै गएका थिए । श्रीवास्तव गएपछि कार्यालयकै नायव सुब्बा गोपालसिंह घलेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए ।

प्रदेश सांसद यादवले उनलाई पनि पटकपटक आफ्नो निर्देशनमा काम गर्न धम्क्याए । त्यस क्रममा सांसद यादवले निमित्त प्रशासकीय अधिकृत घलेलाई नगरपालिकामै गएर गालीगलौज गर्दै हातखुट्टा काटिदिने धम्की दिए । त्यसपछि डरले उनी २ महिना बिदा बसे । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामप्रसाद सापकोटा गए । तर उनी पनि प्रदेश सांसद यादवकै त्रासले यहाँ काम गर्न नसक्ने भन्दै गएको २ दिनमै सरुवा गराएर अन्त गए ।

नगरपालिकामा २०७५ माघ २३ मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका रामकुमार महतोलाई पनि प्रदेश सांसद यादवले पटकपटक ज्यान मार्नेसम्मको धम्की दिएको कल रेकर्डबाट खुलेको छ ।सांसद यादवले आफूले भनेअनुसार काम गर्न र कमिसन दिन पटकपटक ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै प्रशासकीय अधिकृत महतोले प्रशासन गुहारेका छन् । शान्ति सुरक्षा र न्याय माग गर्दै उनले गत पुस ८ गते जिल्ला प्रशासन कार्यालयमा सर्लाहीमा उजुरी दिएका थिए् ।

घटवारे प्रदेश सांसद यादवको धारणा
प्रदेश सभा सदस्य संजय यादवले आफु हर हिसाब मात्र मागेको बताए । प्रशासकीय अधिकृतलाई कुनै किसिमको धम्की नदिएको र आफु उपर लगाएको आरोप झुठा रहेको यादले बताए । ‘नगरपालिकाको हर हिसाब पारदर्शी छैन, विधिको शासन अनुसार नगरपालिका चलेको छैन । स्थानिय सरकार ऐनको धजी उडाएको छ । चरम अनियमितता तथा भ्रष्टाचार छ’, मेरो क्षेत्रको नगरपालिका भएकोले हर हिसाब खोज्दा आफु धम्की दिएको मेयर तथा अधिकृतले आरोप लगाएको प्रादेशिक सांसद यादले बताए ।

नगरपालिका कालो सुचिमा परेको छ, यसले प्रष्ट पार्छ कि कति भ्रष्टचार भएको छ, जन्ताको अधिकार खोसिएको छ, नगरपालिकामा विकास छैन अधिकृत र मेयर जवाफदेही भएन भने दुवै जनासँग हर हिसाब खोज्ने सांसद यादवले बताए । गत वर्षको परिषद वहिष्कार भएको छ, २०७४ साल देखिको हर हिसाब पारदर्शी गर्नुपर्छ, विभिन्न योजनाको रकम कार्याल भन्दा बाहिर लालबन्दीमा भुक्तानी हुन्छ त्यस्तो गतिबिधि बन्द भई कार्यालयमा कर्मचारी आई काम गर्नुपर्छ ।कुनै पनि कर्मचारी अनियमितता गरेको छ भने हर हिसाब गरी सबै रकम चुक्ता गराउने मेरो दायित्व रहेको प्रादेशिक सांसद यादवले बताए । साभारः राजधानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button