कीर्ते मुद्दामा फरार शर्मा पक्राउ



मेरो प्रदेश सम्वाददाता
सिरहा
सरकारी कागज कीर्ते मुद्दामा फरार सिरहाको अर्नमा गाउँपालिका–३ लालपुरका ४० वर्षीय राजदेव शर्मालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अर्नमा सिरहाबाट खटिएको प्रहरी टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा शर्मालाई पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाइ आवश्यक कानुनी कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button