घुसहित प्रहरीका सई अख्तियारको फन्दामा



मेरो प्रदेश सम्वाददाता
धनुषा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले धनुषामा कार्यरत नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक(सई) लाई १५ हजार घुससहित पक्राउ गरेको छ ।


टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत प्रहरी नायब निरीक्षक कालीचरण पंजियारलाई १५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

दुर्घटनाको बिषय मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गरेको उनलाई धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर चोकबाट शुक्रवार साँझ रंगेहात पक्राउ गरेको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।
घुस रकमसहित पक्राउ परेका पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button