महरा काण्डमा उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
उच्च अदालत पाटनले जबरजस्ती करणीमा थुनामा परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि रिहाइका लागी अस्वीकार गरेको छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराको जेल बसाई अझै लम्बिने भएको छ। पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध दायर मुद्दामा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायधीस टेकनारायण कुँवरको इजलासले सुरुकै आदेश सदर गरेको उच्च अदालतले जनाएको छ । जिल्ला अदालतकै आदेश सदर भएसँगै महरा अब मुद्दा टुंगो नलागुञ्जेल थुनामै रहनेछन्। पछिल्लो केही दिनयता काठमाडौं जिल्ला अदालतमा महराको बकपत्र पनि चलिरहेको छ । जिल्ला अदालत काठमाडौंले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछी हाल उनी डिल्लीबजार कारागारमा रहेका छन् । संसद सचिवालयकी कर्मचारीकोे कोठामै पुगेर बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरी मुद्दा चलाएको थिया ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button