रौतहटबाट हतियारसहित तीन जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहट प्रहरीले तीन जनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साह रहेका छन् ।
रौतहटको राजपुर नगरपालिका ३ दमार आजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार
उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button