न्यायाधीशका अंगरक्षकको पेस्तोल हरायो

मेरो प्रदेश सम्वाददाता
जनकपुर
उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले बोक्दै आएको हतियार हराएपछि जिल्ला प्रहरी कार्यालयले उमिाथि
अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । नवलपरासीका यादव मंसिर तेस्रो हप्ता जनकपुर आएका थिए । यी दुईबीच विवादका क्रममा यादवले केवटको पेस्तोल बोकेर फरार भएको प्रहरी स्रोतले बताएको छ पेस्तालेमा सात राउण्ड गोली लोड गरिएको थियो ।
घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञानकुमार महतोले भने, “सूचना प्राप्त भएपछि अनुसन्धानलाई हामीले तिब्र बनाएका छौं ।’ हतियार हराएको हो कि, लिएर गएको हो भन्ने बिषयमा बुझ्ने काम भइरहेको बताईएको छ ।