अठार लाख रुपियाँसहित भारतीय नागरिक पक्राउ

प्रदेश सम्वाददाता कार्तिक २९
पर्सा प्रहरीले नेपाल भारत सीमा नाका नजिकैबाट श्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार सुगौली बजार बस्ने २२ वर्षीय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र ३० वर्षीय सहिद आलम रहेका छन् ।
उनिहरु शुक्रबार विहान साँढे दश बजेतिर वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चौकबाट भारततर्फ मोटरसाईकलमा जाँदै थिए भारततर्फ जाने क्रममा प्रहरीले चेक जाँच गर्दा
उनीहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए ।
प्रहरीले उनीहरुले प्रयोग गरेको बिआर ०५ एस ३७९२ , बिआर ०५ बि १४४४ र बिआर ०६ एआर ३७८९ नम्बरका मोटरसाईकल पनिे नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका भारतीय नागरिकहरु हुण्डी कारोबारी हुनुसक्ने प्रहरीको आशंका छ ।