अल विदा सुरेश सर



 


महोत्तरीको बर्दिवास स्थित देउराली माविका निवर्तमान शिक्षक सुरेश रिसालको हिजो १३ औ दिनको पुन्य तिथिको अवसरमा नेकपा महोत्तरीले श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको थियो ।

नेकपा महोत्तरीका ईन्चार्ज राजु खड्काको अध्यक्षतामा भएको श्रद्धान्जली कार्यक्रममा नेकपाका विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बर्दिवासको समाज रुपान्तरणमा सुरेश सरको अतुलनिय भुमिका रहेको भन्दै सुरेश रिसाल एक प्रस्ट प्रखर र निडर समाजसेवी भएको प्रस्ट पारेका थिए ।

वक्ताहरुले जीवनको अन्तिम समय सम्म कम्युनिस्ट पाटीको सदस्य रहि सामाजिक क्षेत्रमा कार्य गर्नु भएका सुरेश सरलाई बर्दिवासको शैक्षिक ईतिहासले कहिले बिर्सन नहुने बताए ।

उहाँको निजी निवास बर्दिवासमा भएको कार्यक्रममा बर्दिवासकी समाजिक अभियन्ता समाजसेवी जमुना पोखरेलले श्रद्धान्जली कविता समेत वाचन गर्नु भएको थियो ।

लामो समयदेखि शिक्षण पेशामा आदद्ध सुरेश सरले केहि वर्ष अगाडीमात्रै शिक्षण पेसाबाट राजीनामा दिनुभएको थियो वहाँको राजीनामा विद्यालय भित्रकै आन्तरीक द्धन्द्ध र कलहले सृर्जना गरेको थियो । भन्ने हल्ला बाहिर आएको थियो । तथापि सत्य के हो मलाइ थाहा छैन । मैले चिनेको सुरेश सर निडर हुनुहुन्थ्यो । एक प्रखर वक्ता उहाँले कहिल्यै सत्य बोल्न हिचकिचाउनु भएन । विं सं २०६१ सालमा म देउराली स्कुलमा कक्षा ६ मा भर्ना भए । त्यो स्कुलमा सुरेश सर र हरी भट्टराइ सर अल राउन्डर हुनुहुन्थ्यो ।

अर्थात उहाँहरुले सबैले विषयहरु पढाउनु हुन्थ्यो । मैले थाहा पाउदा सम्म सुरेश सरले गणित ,नैतिक , सामाजिक र शिक्षा विषय पढाउनु हुन्थ्यो । विद्यालयमा विषय शिक्षकको अभाव,विद्यालयको चरम आर्थिक दुराअवस्थाका बिच कतिपय समयमा उहाँहरुले यौटै कक्षामा एक भन्दा बढि विषयको अध्यापन गराउनु भएको थियो ।

विद्यालय र समग्र बर्दिवासकै शिक्षाको स्तर लाइ यो उचाइ सम्म ल्याउन सुरेश सरको भुमिका अतुलनीय छ । सुरेश सर सधैंभर नैतिकवान् हुनुपर्छ भन्ने शिक्षा दिनु हुन्थ्यो । एक दिन नैतिक विषय पढाउदा उहाँले भन्नु भएको संस्कृतको त्यो श्लोक अझै मलाइ याद छ ः
लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ।।

अब सुरेश सर हामीमाझ रहनु भएन उहाँको भौतिक शरीर हामी माझ रहेन । तर उहाँले शिक्षा क्षेत्रमा दिनु भएको योगदान र हामी विद्यार्थीहरुको मस्तिकस भरीदिनु भएको शिक्षाको उज्यालो घामको कारण उहाँ सधै अमर हुनुहुन्छ । भनिन्छ , गुरु कहिल्यै मर्दैनन किनकी उसले आफ्ना शिष्यहरु माझ प्रसारण गरेको शिक्षाको मार्फत ऊ सदा सर्वदा जीवित रहन्छ ।

सुरेश सर तपाइ कहिल्यै नर्फकने यात्रामा निस्कनु मात्रै भाको मर्नु भाको हैन । तपाइले कक्षामा पढाउनु भएको एक एक आवाज मेरो कानमा गुन्जिन्छ । तपाइको तस्बिर अझै मेरो आँखामा झल्झली आउछ, त तपाइ कसरी मर्न सक्नु हुन्छ ?

सुरेश सरको मृत्यूको खबर म निकै स्तब्ध भए । कता कता जमिन हल्लेको र यो तथ्य झुठ भएको जस्तो लागीरह्यो तर, उहाँकै घरको आँगनमा मुस्कुराइरहेका उहाँका तस्बिरहरुमा श्रदाञ्जली दिएर फर्किएको देख्दा तपाइको मृत्यू भएको विश्वास गर्न म विवश भए ।

म तपाइको घर सम्म श्रदाञ्जली दिन पुगिन तर यहीं लेखबाट तपाइलाइ हार्दिक श्रदाञ्जली , तपाइको चीरशान्तिको कामना गर्दछु । अल विदा सुरेश सर

सुभद्रा भुजेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button