गजल



 क-कसले कति राहत पाए मलाई थाहा छ


कतिले त यहाँ दसैँ मनाए मलाई थाहा छ।
कसैलाई पीडा छ कसैलाई उत्सव छ यहाँ
गरिबको सपना कसरी हराए मलाई थाहा छ।
सरकारले पठाएको त्यो राहत सामाग्री पनि
बीच बाटोमै क-कसले समाए मलाई थाहा छ।
मजदुरका नाममा आएका राहत सहयोगहरु
कसले कति भागवन्डा लगाए मलाई थाहा छ।
मान्छेले गरेको प्रगति देख्न नसकेर धरतीमा
भगवानले पनि कोरोना पठाए मलाई थाहा छ।
– पुष्प अधिकारी अञ्जलि
भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button