गजल



 


कसले देखेको छ यहाँ आमाले आँसु बगाएको
वर्षौँ भएको छ आज मेरो घरबाट बा हराएको।

मलाई लोरी सुनाउनु हुन्थ्यो म निदाउनुअघि
कति भयो होला आमाको आँखा ननिदाएको।

दु:ख पिर पैतालामुनि राखेर कयौँ जँघार तर्दै
बिर्सेको छैन मैले आमाले हिँड्न सिकाएको ।

आमा भनिरहनु हुन्छ सधैं तेरा बा भगवान हुन्
कसरी देखाऊँ म बा को यादले मुटु जलाएको।

कस्तो थियो बा को अनुहार एकिन छैन मलाई
सोच्छु हेरेर भित्ताको तस्वीर आमाले बनाएको।

– पुष्प अधिकारी अञ्जलि

भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button