गजल

– पुष्प अधिकारी अञ्जलि
खोला जस्तै यो जिन्दगी पनि बगेर कहाँ पुग्छ
आँखा निदाउँछन् मन समुन्द्र तरेर कहाँ पुग्छ।

आफ्नै देशमा बसेर केही गर्ने रहर थियो मनमा
तर भ्रष्टाचारीले यो देश नै बोकेर कहाँ पुग्छ।

हरेक दिन अत्याचार उस्तै बढिरहेको छ देशमा
घरभित्र व्यर्थ फोस्रा गफ गर्दै बसेर कहाँ पुग्छ।

आफै पनि केही गर्ने सोच राख्नु पर्छ सबैले
अरुलाई मात्रै केही गरेनौ भनेर कहाँ पुग्छ।

बचेराका पनि पखेटा नलागुन्जेल मात्रै न हो
बा आमा अनि गुँड बिर्सदै उडेर कहाँ पुग्छ।।

गजल गृह भरतपुर चितवन