गजल



 


 

पुष्प अधिकारी अञ्जलि

 

 

ऊ किन यसरी आफूलाई भयंकर सम्झिन्छ
आफ्नै प्रेमिकालाई पनि मफलर सम्झिन्छ।

 

 

अनुशासन नसिकेको कठपुतली यो सरकार
आफन्त मात्रै धनी बनाउने अवसर सम्झिन्छ।

 

 

बचपनमा गुँड हराएका ती चराहरूले अचेल
न बाआमा सम्झिन्छ न आफ्नो घर सम्झिन्छ।

 

 

कसैलाई गुण लगाएर शिखरमा पुर्याइदिनु पर्छ
पछि उसैले भुइँको धुलो र पतिङ्गर सम्झिन्छ।

 

 

आफ्नै सम्झेर पठाएको हुँ मैले उसलाई दिल
तर किन मेरो दिललाई उसले पत्थर सम्झिन्छ।।

 

 

एक पटक गुण लगाएर त हेर यो अञ्जली लाई
उसले यो गुणलाई आफ्नो जीवनभर सम्झन्छ ।।

 

भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button