पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले कामुक शाकाहारी व्यक्तिको उपाधि पाईन



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पूर्व विश्व सुन्दरी मानुषी छिल्लरले विश्वको सबैभन्दा कामुक शाकाहारी व्यक्तिको उपाधि पाएकी छन्। एसराज फिल्म्सको सबैभन्दा ठूलो र ऐतिहासिक फिल्म पृथ्वीराजमा बलिउड अभिनेता अक्षय कुमारसँग डेब्यु गर्न लागेकी मानुसी छिल्लर पहिलेदेखि नै शाकाहारी हुन् । पशु अधिकारका लागि काम गर्ने संस्था पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनीमल्स (पेटा)ले उनलाई सेक्सिएस्ट भेजिटेरियन पर्सनालिटीको उपाधि दिएको हो। उनी भन्छिन, ‘शाकाहारी हुनु मेरो बाँच्नु एक तरिका हो, मेरा अभिभवाक पनि शाकाहारी हुन, त्यसैले कहिल्यै यस्तो महशुस नै भएन कि म शाकाहारी हुँ।’शाकाहारी भोजनले कोलेस्टोल र प्रेशर पनि कम गर्ने उनको भनाइ छ। शाकाहारी भएर पनि आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन सकिने उनतको तर्क छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button