आज राष्ट्रिय धान दिवस धान रोपेर, दही च्युरा खाइ मनाइंदैं



आज १५ गते मानो रोपेर मुरी फलाउने दिनको रूपमा लिइने धान दिवसमा दही च्युरा खाएर धान रोपी मनाइदै छ नेपाल सरकारले वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी वि.सं २०६२ असार १५ गतेदेखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।


असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिन्छन्, भने साउन १५ मा खीर खाने पर्वका रुपमा लिन्छन् । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउदै छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने वैज्ञानिक तथ्य छ ।

 

यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । आज धान दिवस मनाउदा व्यक्तिगत सामाजिक दुरी राखेर कायम राखेर मनाउनु पर्ने छ , कृषि विभागले धान दिवसकोलागी रोपाइँ महोत्सव प्रोटोकल तयार गरेको छ , यस प्रोटोकल अनुसार रोपाइँमा मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । अघिल्ला वर्षहरुमा एकअर्कामा हिलो छ्यापेर महोत्सव मनाइएपनि यो वर्ष भने हिलो खेल्न तथा छ्याप्न नपाइने भएको छ ।

 

त्यसैगरी सहभागितामा पनि सुरक्षा मापदण्ड पालना गरी रोपाइ गर्नु पर्ने छ । रोपाइमा सकेसम्म २५ जनामात्र सहभागी हुने र २५ भन्दा बढी सहभागी भए सहभागीबीच न्युनतम ६ फिट (२ मिटर) दूरी कायम गर्नुपर्ने नियम कृषि विभागले जनाएको छ ।

 

रोपाइँमा पनि ज्वरो नापेर मात्रै सहभागी गराइने छ । सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १०४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा प्रवेश नदिने पनि रोपाइँ महोत्सव प्रोटोकलमा उल्लेख छ ।

यो वर्षको १७ औं राष्ट्रिय धान दिवस हो । यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close