नेपाल प्रवेश गर्याे सलह किरा



नेपालमा सलह किरा शनिबार बिहान  प्रदेश नं २ काे  बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेकाे छ ।   भारतसँग सीमा जोडिएका यि  तीन जिल्लामा सलह  किरा प्रवेश गरेका हुन् ।


नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बीचमा सहल किराको झुण्ड  भारतबाट नेपाल प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए ।

तथापि नेपाल प्रवेश गरेको सलह  किरा कस्तो खालको र याे  कति संख्यामा प्रवेश गरेकाे  छ भन्ने थाहा पाउन  विज्ञहरुले अध्ययन गर्नुपर्ने छ ।
पश्चिमबाट पूर्व तिर बहेको हावा केही दिनअघि अचानक दक्षिणबाट उत्तर तिर बहेकाले सहलको झुण्ड तितरवितर भएर नेपाल आएको हुन सक्ने अनुमान गरिएकाे  छ ।

एक बथानमा करिब ४ करोड भन्दा बढी  सलह किरा  हुने  गर्छ , यस्ताे प्रकारकाे किरा नेपालमा यसअघि   ७० वर्ष पहिले   देखिएको थियो ।

सलह किराले कुनै निश्चित बाली नखाइ  जहाँ हरियाे त्यहीं खाने गर्छन् ,  यसरी यस किराले जुन सिजनको बाली छ त्यही सिजनको बालीलाई सखाप पार्ने कृषि मन्त्रालयले बताएकाे छ ।  सलह किराको बथानले करिब ३५ हजार व्यक्तिले एक दिनमा खाने खाना ३ देखि ४ घण्टामै सखाप पार्ने समेत मन्त्रालयले भनेकाे छ ।

 यसकालागी मानिसको स्वास्थ्य र वातावरणलाई असर नपार्ने ‘मालाथिन ९६ प्रतिशत’ को विषादी प्रयोग गर्न सकिने कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button