देशभरकाे ५८ जिल्लामा अमेरिकी फाैजी किराकाे प्रकाेप



गत वर्ष साउनमा नेपाल भित्रिएको अमेरिकी फौजी किराकाे प्रकाेप प्रदेश नं २ को सात जिल्ला लगाएत देशैभरको ५८ जिल्लामा फैलिएको छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अमेरिकी फौजी किराले सातै प्रदेशमा मकैको खेती नाश गर्न थालेको जनाएको छ । यसले उमिँ्रदै गरेको मकैको सुइरोदेखि डाँठ र छिप्पिएको सिङ्गो बोटसम्म खाएर  नष्ट गरेको छ ।

मकैमा किराको प्रकोप बढेको गुनासोपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरबाट विवरण मागेको छ ।

यो किराले प्रदेश नं २ को धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र सिराहा गरी सात जिल्लाको मकै खेतीमध्ये २५ प्रतिशतमा अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button