कृषि क्षेत्रमा आधुनिकिरण ल्याउन मिथिला नगरपालिकाले अनुदानमा कृषि यन्त्र वितरण गर्यौ



विजय साह
ढल्केवर (धनुषा)
कृषि क्षेत्रमा यान्त्रिकरण भित्रियाउने उद्देश्यले धनुषाको मिथिला नगरपालिकाले ५० प्रतिशत अनुदानमा २८ जना कृषकलाई साना कृषि यन्त्र उडर (खेत गोडमेल गर्ने मेसिन) वितरण गरेको छ ।


मिथिला नगरपालिकाको कृषि विकास शाखा कार्यालयमार्फत नगरपालिकाभित्र रहेका २८ जना कृषकलाई ५० प्रतिशत अनुदानमा उडर मेसिन एक अनौपचारिक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

कृषि यन्त्र वितरण कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश २ का प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलले कृषि क्षेत्रलाई आधुनिकिरण गर्ने नेपाल सरकारको नीतिलाई अबलम्वन गरेर यस नगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण कार्य निकै सराहनीय भएको बताए । उनले यस यन्त्रको प्रयोग गरेर किसानले पनि उपयोगमा ल्याएर यसको फाइदाहरु लिनपर्ने जनाए ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले कृषि उत्पादनमा बृद्धि ल्याउन अनुदानमा कृषि यन्त्र उपलब्ध गराएको बताए । कृषि क्षेत्रमा काम गर्ने मजदुरको अभाव भइरहेको अहिलेको अवस्थामा कृषि यन्त्रको प्रयोग गरेर थोरै जनशक्तिबाट बढीभन्दा बढी लाभ लिन सकिन्छ । परापूर्वकालदेखि प्रयोग हुँदै आएको कृषि विधिबाट अबको समयमा प्रर्याप्त उपलब्धी लिन नसकिने हुँदा आधुनिक कृषि प्रणालीलाई अपनाउनु जरुरी रहेको नगरप्रमुख महतोले जनाए ।

कृषि विकास शाखाका अधिकृत संजयकुमार महतोले पहिलो चरणमा २८ जना कृषकलाई उडर मेसिन उपलब्ध गराएको र दोस्रो चरणमा पावर टिलर तथा मिनि टिलर उपलब्ध गराउने योजना रहेको बताए । पावर टिलर र मिनि टिलर आउँदो ८ गते सोमबार वितरण गर्ने कार्यक्रम रहेको छ भने तेस्रो चरणमा चार सय कृषकलाई स्वीचेवल पावर स्प्रे मेसिन वितरण गर्ने बताए । स्प्रे मेसिन भने १० र १२ गते वितरण गर्ने योजना छ ।

यो कृषि उपकरण पनि किसानको ५० प्रतिशत अनुदानमै वितरण गर्न लागिएको हो । यसको लागि किसानबाट अनुदानको पैसा जम्मा भइसकेको र टेण्डर प्रक्रिया पुरा पनि भइसकेर ल्याउन मात्र बाँकी रहेको अधिकृत महतोले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button