तरकारी खेती गर्ने कृषक समूहले हाते ट्याक्टर पाएपछी किसान खुशी



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको ठोरी गाउँपालिकाले समूहमा आवद्ध किसानलाई अनुदानमा कृषि औजार उपकरण सहयोग गरिरहेको छ । गाउँपालिकाले किसानलाई प्रोत्साहित गर्न मौसमी तथा बेमौसमी तरकारी खेतीका लागी अनुदान कार्यक्रम ल्याएको हो ।


गाउँपालिकाले किसानलाई तरकारी खेती तर्फ आकर्सितगर्न कृषक समूहलाई हाते ट्याक्टर लगायतका कृषि औजार उपकरण सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष पदम बहादुर श्रेष्ठ (पीएल)ले जानकारी दिए ।
उनका अनुसार व्यवसायिक तरकारी खेति गर्ने किसानलाई लक्षित गरेर गाउँपालिकाले अनुदान कार्यक्रम ल्याएको हो उनले भने, ‘पहिलो चरणमा ५ वटा हाते ट्याक्टर किनेका छौं, तरकारी खेती गर्ने कृषक समूहलाई दिन्छौं । यसले किसानलाई तरकारी खेतीमा बारी तयारगर्न सहयोग पुर्याउछ ।

गाउँपालिकामा दर्ता भएका कृषक समूह वा कृषि सहकारीलाई मात्रै यस्तो अनुदान दिइने उनले बताए । ‘कम्तीमा ३,३ कठ्ठाका दरले तरकारी खेती गर्ने २० जना किसान सदस्य भएको एउटा समूह वा कृषि सहकारीलाई अनुदान कार्यक्रममा समावेश गर्छौ,’ अध्यक्ष श्रेष्ठले भने,कृषक समूहको कामको अनुगमन गरेर हाते ट्याक्टर, सर्म्सियल पम्पसेट, पानी तान्ने मोटर निशुल्क दिन्छौ र बिजुली समेत जडान गरिदिन्छौं ।’
व्यवसायिक तरकारी खेतीमा लागेको किसानलाई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास गाउँपालिकाको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापाले ९ हर्सपावरको ५ वटा ट्याक्टर ६५ हजारका दरले खरिद गरेर कृषक समूहलाई वितरण गरिसकेको बताए । २ वटा कृषि सहकारी र ३ वटा कृषक समूहलाई सामुहिक उपयोगकालागि हाते ट्याक्ट्रर हस्तान्तरण गरिएकोे उनको भनाइ छ । गाउँपालिकामा ८ वटा कृषि सहकारी र ३ वटा कृषक समूह दर्ता छन् ।
अनुदान पाएका कृषि उपकरणको समूहले नै डिजल र मर्मत सम्भारका लागि आवश्यक शुल्क निर्धारण गछर्न र समूहिक प्रायोजनमा प्रयोग गर्छन । प्रशासकीय अधिकृत थापाले भने, ‘अन्य समूहबाट पनि ट्याक्टरको माग आएको छ । मापदण्ड पुरा भए नभएको बुझेर गाउँपालिकाले उनीहरुलाई पनि सहयोग गर्छ ।’
किसानहरु गाउँपालिकाबाट कृषि उपकरण अनुदानमा पाएपछी खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button