तल्लो तुलसीबासी भन्छन् ‘यसपाली त हामी बग्छौं–बग्छौं’



विजयकुमार साह
ढल्केवर (धनुषा) बर्षा लाग्ने मौसम आउन बाँकी नै छ । तर धनुषा जिल्लााको मिथिला नगरपालिका वडा नं. ११ तल्लो तुसली (सुन्दरपुर) का २ सय ५० घरपरिवारका सदस्य आउँदो बाढीले घरवार नै बगाउलान भन्ने चिन्तामा डुबेको छ । चिन्ता नलागुन पनि कसरी ? एकातिर रातु नदी र अर्कोतिर सुन्दर खहरे खोलाले बर्षाको समयमा बर्षेनी घरवार बगाउने, खेतीयोग्य जमिन कटान गरेर आपत् तुल्याएको छ । तुलसीमा मात्र हालसम्म तीन सय बिघा खेतियोग्य जमिन कटान र दर्जनौ घर नदीको बहाव बगिइसकेको छ ।


नदीले बर्षेनी पु¥याउने क्षतिबाट बच्न गाउँलेहरु चौतर्फि गुहार लगाएपनि हात शुन्य लागेपछि झनै चिन्तामा परेका छन् ।
गाउँलेहरु तटबन्ध निर्माणका लागि टोल सुधार समिति पनि गठन गरेका छन् । टोल सुधार समितिले वडादेखि मन्त्रालयसम्म पुगेपनि तटबन्ध निर्माणका लागि ठोस आश्वासन पाइउन सकेको छैन ।

टोल सुधार समितिका अध्यक्ष रनबहादुर कार्कीले संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा अध्यक्षलाई गुहार लगाइसकेको बताए । संघीय सरकारले, प्रदेश, प्रदेश सरकारले नगरपालिका देखाएर पन्छिने गरेको छ । हामी बिच्चलीमा परेका छौं, अब यो समस्या कसले समाधान गरिदिने हो, हामी खोजीमा लागेका छौं । चार बर्षअघि जनताको तटबन्ध कार्यक्रम अन्तर्गत अलि–अलि तटबन्धको काम भएपनि नदीको भेलले त्यो पनि भत्काइदिएको अध्यक्ष कार्कीले जनाए ।

टोल सुधार समितिका सदस्य राजु कार्कीले चुरेको फेदमुनीको यो गाउँ रातु र सुन्दरी खोलाकोे उच्च जोखिमा रहेको बताए । नदीमा निर्माण गरिएको तटबन्ध र कुलो बाढीले बगाएपछि बस्ती उच्च जोखिममा परेका हुन् । बर्षायाममा नदीमा आउने बाढीका कारण सिङ्गो गाउँ नै बग्ने खतरा रहेको कार्कीले दुखेसो पोखेका छन् ।

स्थानीयबासी ताराबहादुर कार्कीले खेतियोग्य जमिन कटानको पिडाले मर्ने शयामा पुगेको बताए । तटबन्ध एकदमै आवश्यक छ र यथासिघ्र निर्माण हुनुपर्ने माग उनको रहेको छ ।

स्थानीय किसान केदार कार्कीले उब्जाउ गरेर खाइपाई आएको खेत अहिले बगर बनेको बताए । ‘खेतीयोग्य जमिन अहिले खोलोमा परिणत भइरहेको,’ ‘खोलोमा परिणत भएपनि सरकारलाई तिरो तिरिराख्या छौं,’ ‘बडो बिडम्वना रहेको किसान कार्कीले दुखोसो सुनाए ।’

जनताको तटबन्ध कार्यालय महोत्तरीका ईन्जिनीयर शुसिल चौधरीले केही दिनअघिमात्र प्राविधिक टोलीसहित प्रभावित क्षेत्रमा पुगेर अध्ययन अवलोकन गरेको बताए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत रातु नदीमा तटबन्धको कार्य भएको तर गत दुई बर्षदेखि जनताको तटबन्ध कार्यक्रम सरकार हटाएर स्थानीय सरकारलाई दिएपछि समस्या थपिएको जनाए । स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप ईन्जिनीयर चौधरीले लगाए । उनले गएको असार महिनामा आएको अबिरल बार्षाको बाढीले रातु नदीमा करिब ५० करोड रुपैयाँको खर्चमा निर्माणधीन तटबन्धमा क्षति भएको जनाए । तत्कालै ४० करोड रुपैयाँ विनियोजित भएन भने आउँदो बर्षामा दुई हजार जनता बग्ने अबस्थामा जानसक्ने बताए ।

तुसली, किसाननगर, पशुपतिनगर, हतिसर्वा, लोहरपट्टी, धमौरालगायत रातु नदीको दुबैपट्टी गरी करिब १ सय ५० किलो मिटर बाँधको लम्बाई र सो बाँधमा पुगेको क्षतिलाई मर्मत गर्न करिब ४०–५० करोड रुपैयाँ आवश्यक हुन्छ । यसको लागि इस्टिमेट बनाएर मन्त्रालयमा पठाएका छौं अब कुन किसिमले बजेट विनियोजन हुन्छ त्यही प्रकार काम गर्छौ ईन्जिनीयर चौधरीले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button