किसान मात्र नभई उखुको विचौलियाको पनी बिल्लीबाठ



मेरो प्रदेश सम्वाददाता
सर्लाही
उखु किसानले लामो समयदेखि चिनी उद्योगबाट भुक्तानी नपाएर आन्दोलन गरे । सरकारले माघ ७ गतेसम्म भुक्तानीका लागि पहल गर्ने लिखित सम्झौता गर्याे । पुर्खाले आर्जेको १० कठ्ठा जग्गा र घरघडेरी गुमाउँदा पनि उखुको ऋणमा डुबेका छन, किसन ७१ बर्षीय रामप्रताप महतो । विचौलियाका रूपमा झण्डै तीन दशकदेखि उखुको कारोबार गर्दै आएका छन तर उखुको भुक्तानी नपाएका कारण सर्वस्व गुमाउने अवस्था उनको आएको छ ।
उनी भन्छन ‘अहिले न, यताको न, उताको भएको छु । मेरो भन्दा राम्रा अवस्था त किसानकै छ ।’
किसानलाई दिए, आफूले गुमाए । जिल्लामा तीन वटा चिनी उद्योग स्थापना भएपछि उखु खेती गर्ने किसानहरु बढे । अनि रामप्रतापले बिचौलियाको पेशा रोजे ।
चिनी उद्योगले खरिद गर्नुपर्ने उखु गाउँ–गाउँ पुगेर खरिद गर्न थाले चिनी उद्योगलाई उखु दिँदा पैसा पाउन महिनौं लाग्थ्यो । त्यसैले पैसाको गर्ज टार्न किसानहरु केही सस्तोमा भए पनि रामप्रतापलाई उखु बेच्थे । महतोले भन्छन, ‘मैले उखु तौलिएछि हातमै पैसा दिन्थें ।’
त्यसैले त उखु मिलले लाखौं रकम किसानलाई दिन बाँकी हुँदा पनि रामप्रतापले सबैको पैसा दिएका छन् ।
किसानसँग उखु किन्ने बेलामा उनी कहिले जग्गा बन्धकी राखेर ऋण लिन्थे त कहिले गाउँको साहूसँग ऋण काढ्थे ।
किसानसँग नगदमा उखु किनेरे हरिवनस्थित इन्दुशंकर, धनकौलस्थित अन्नपूर्ण, रौतहटको गरुडास्थित श्रीराम चिनी उद्योगमा लगेर बेच्ने गरेको थिए । त्यसो गर्दा २–४ पैसा आम्दानी हुने भएकाले उनी खुसी थिए । ‘शुरुमा त फाइदा नै भयो’ ‘त्यसबाट श्रीमती र १० सन्तानको पालन पोषण गरियो ।’
आफूसँग १० कठ्ठाजति जग्गा हुँदा पनि आफ्नै खेतमा उखु खेती नगरी बिचौलिया बनेर छोराछोरीलाई पढाउने र थप जग्गा जोड्ने योजनामा लागियोे तर उद्योगले समयमै भुक्तानी दिन छाडेपछि समस्या चर्काे हुँदै गयो । ऋण दिने साहूले कस्दै गएपछीे आफुसंग रहेको १० कठ्ठा जग्गा पनि बेच्नुर्पयो ।
गाउँकै साहू सुरेन्द्र साहसँगउखुको कारोवार गर्न २ बर्षअघि लिएको ४ लाख ऋणले फेरि उखु किने । तर नगदमा किनेर चिनी मिल र्पुयाएको उखुको झुक्तानी अझै पाएका छैन ।
अब चिनी उद्योगले बाँकी सबै रकम दिएपनि साहुको साँवा र व्याज तिर्न नपुग्ने भएको छ । उनले गुनासो गरे । अब मेरो ‘सम्पतिको नाममा केही छैन । घडेरी समेत बेचेर अर्कैको घरमा आश्रय लिइरहरनु परेको छ । अब ऋण कसरी तिर्ने ?’
चिन्ताको बिषय भएको छ । एउटा छोरा वैदेशिक रोजगारीमा गएको छ । उनले कमाए तिर्न सकिन्छ कि भन्ने आश मात्र बाँकी छ ।
चिनी उद्योगले समयमा भुक्तानी नगरेको कारण बर्बाद भएको भन्दै रामप्रतापले अबदेखी विचौलिया नबन्ने प्रण गरेका छन् । उनी अब खेतीमा लागेर
जसरी पनि ऋण सकाउनुछ, घर परिवार धान्न ‘अर्काको ४ बिघा खेती बटैया र हुन्डामा शुरु गर्नुछ भन्छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button