मन्त्री सोनलले बाल्यो बायो ग्याँस



विजय साह


 

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आधुनिक प्रविधिबाट निर्मित होम बायो ग्याँस प्लान्टको उद्घाटन गरेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ विश्वकर्मा चौकमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अथिति समेत रहेका मन्त्री सोनलले इजराइली प्रविधिबाट बनेका आधुनिक होम बायो ग्यासँ बालेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा मन्त्री सोनलले नयाँ प्रविधिबाट बनेका होम बायो ग्याँसको प्रयोगले वन जङ्गल माथिको भार कम हुनुका साथै वातावरणमा समेत प्रतिकुल असर नपु¥याउने हुँदा उपयोगका लागि उपयुक्त भएको बताए ।

उनले होम बायो ग्याँस जनताका घर–घरमा पु¥याउन सक्यौ भने चौतर्फी फाइदा पुग्छ, ‘इजराइली प्रविधि दुनियमै उच्च किसिमको मानिन्छ’, ‘यसैले होम बायो ग्याँस उत्पादक कम्पनी र कार्यक्रममा आएका इजराइल होम बायो ग्याँसका उपप्रमुख लियोर मगललाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, मन्त्री सोनलले भने ।

कार्यक्रमका विशिष्ठ अथिति तथा प्रदेश २ का सांसद सत्रुधन महतोले अनुदानमा उपलब्ध हुने उच्च प्रविधिको होम बायो ग्याँसको लाभ सबैले लिन सक्नुपर्ने बताए ।

यसैगरी, मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले जनताको घर आँगन होम बायो ग्यास सहुलियतमा जडान गर्न आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा होम बायो ग्याँस प्रदेश २ का कोर्डिनेटर तिलकलाल श्रेष्ठले देशभरमा हालसम्म ४ लाख १६ हजार ६० वटा र प्रदेश २ मा २७ हजार ९ सय ७५ वटा बायो ग्याँस प्लान्ट जडान भइसकेको बताए । उनले बायो ग्याँसको धेरै फाइदाहरु रहेको बताउँदै धुवाँ नहुने, दाउरा खोज्नु नपर्ने, समयको बचत, जङ्गल संरक्षण हुने, कम्पोष्ट मल बनाउन सकिने, दाउराका लागि गुइठा बनाउनु नपर्ने, वातावरण सफा रहने जानकारी दिएका थिए ।

कार्यक्रममा उपप्रमुख तारा लामा बस्नेत, होम बायो ग्याँस नेपालका कन्ट्री म्यानेजर विकास अधिकारी, जिल्ला प्रतिनिधिहरु र मिनपाका वडा अध्यक्षहरु लगायत स्थानीयको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button