अनुदानकालागी दलित र विपन्न बस्ती छनौट गरिएको मन्त्री केसी



प्रदेश संवाददाता
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिब र विपन्न समुदायिलाई मात्र अनुदान दिने बताएकी छन । बुधबार कुमाख साना किसान सहकारी संस्था कुमाख गाउँपालिका ३ रागेचौरमा प्रारम्भिक साधारणसभामा बोल्दै मन्त्री केसील सोकुरा बताएकी हुन । उनले
सरकारले दिँदै आएको अनुदान समाजका टाठाँवाँठाले उपयोग गर्ने प्रचलन रहेकाले गरिब र विपन्न समुदाय वञ्चित भइरहने अवस्थाको अब अन्त्य गरिने बताइन । गरिब र उनले ् ’प्रदेश भरी नै विपन्न र गरिब लक्षित ४० कार्यक्रम ल्याएका हुनाले त्यसकालागी १६ करोड बजेट पनि विनियोजन भइसकेको प्रस्ट पारीन मन्त्री केसीले कार्यक्रमकालागी दलित र विपन्न बस्ती छनौट गरिएको बताउदैे उनीहरूको जीवन बदल्ने कार्यक्रम गर्ने दावी गरिन्। कुनै पावरका आधारमा अनुदान पाउने भन्दा पनि सरकार सिधै गरिब र विपन्नको घरमा पुग्ने उनको प्रतिबद्घता छ । लक्षित समुदायको आवश्यकता र चाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने आस्वासन दिईन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button