आजको मौसम: सामान्य बदली हुने



अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । हाल नेपालमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।

मौसम सफा हुन अझै केही दिन लाग्ने मौसमविदहरुले बताएका छन् । तत्काल पानी पर्ने सम्भावना नभएकाले अझै केहि दिन मौसम सफा हुने सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button