आज दिनभर नै पानी पर्ने



शनिवार विहानैदेखि महाेत्तरी सहित देशका विभिन्न स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ । शुक्रबारदेखि  देशका विभिन्न स्थानमा परेको पानी आज पनि निरन्तर परिरहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।


महाशाखाका अनुसार आज पनि देशका धेरैजसो स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ । आज पूर्व, मध्य र पश्चिमका केही स्थानमा तथा सुदूरपश्चिमका स्थानमा बदली भई पानी पर्ने अनुमान गरिएकाे छ ।

आज राति पनि देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने जनाइएको छ । त्यस्तै उच्च हिमाली भेगका केही स्थानमा हिमपातकाे सम्भावना रहेको  छ । साथै महाशाखाले भाेलि अर्थात आइतबारदेखि माैसममा क्रमिक सुधार हुंदै जाने बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button