आजकाे माैसम



देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।  नेपाल अहिले   स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २ र बगमती प्रदेश बाहेकका प्रदेशका केही स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे छ ।  पश्चिममा पूर्ण बदली तथा मध्य र पूर्व क्षेत्रमा सामान्य बदली हुने महाशाखाले जनाएको छ।

पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि पश्चिमका अधिकांश क्षेत्रमा पूर्ण बदली रही मध्य र पूर्वमा सामान्य बदली हुने सम्भावना छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button