केही दिन अझै हावाहुरी, चट्याङसहितको वर्षाकाे सम्भावना

आज देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्। हावाहुरी, चट्याङसहितको वर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखले जनाएको छ।
देशमा अहिले धेरै खालका मौसमी प्रणाली सक्रिय रहेकाले कम्तीमा अझै तीन दिन मौसम सफा हुने सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएकाे छ ।
अहिले पहाडि भू-भागमा सामान्य बदली हुनुका साथै बाँकि स्थानमा आँशिक बदली भएको छ । पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन त्यसभेगका स्थानीयलाइ महाशाखाले अनुरोध गरेकाे छ।
स्थानीय वायु सक्रिय भएको र बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले हावाहुरी, चट्याङसहितको वर्षाकाे सम्भावना रहेकाे छ ।