रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात



रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो ।


जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो । हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसोे निकै बढेको स्थानीयवासीले बताएका छन् ।

जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नं ५ का वसन्त बस्नेतले बताए ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ । रुकुमपूर्व का सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसोे निकै बढेको स्थानीयवासीले बताएका छन् ।

हिमपात हँुदा मानिसलाई मात्र नभई पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताए ।

हिमपात हँुदा मानिसलाई पनि बाहिर निस्कन, हिँडडुल तथा दैनिक कामकाज गर्न समस्या भएको उनले बताए ।
जिल्लावासी जङ्गलबाट ल्याएको दाउरा बालेर आगो ताप्दै घरभित्रै बसिरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button