म्ांगलबारदेखि तराईमा हुस्सु र कुहिरो कम हुने



आज सोमबार तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको कारण जनजीवन प्रभावित भएको छ । तर आज दिउंसोदेखि तराईमा लागिरहेको हुस्सु पहाडी क्षेत्रमा सर्ने भएकोले तराइको चिसो केही कम हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


भोलि मंगलबारदेखि पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले पहाडी भ—ुभागका केहि स्थानमा हल्का पानी पर्ने र हिमाली भ—ुभागमा हिमपातको सम्भावना रहेकोले सबैलाई सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button